एनआईबीएल एस क्यापिटलद्वारा ४ अर्ब भन्दा बढि आकारको लगानी व्यवस्थापन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2023 | 01:17:33 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबीएल एस क्यापिटल लिमिटेडले ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन गरेको जनाएको छ । क्यापिटलमा हालसम्म लगानी व्यवस्थापन सेवामा ११०० भन्दा बढी ग्राहक आबद्ध हुनुकासाथै ४ अर्ब भन्दा बढि आकारको लगानीको व्यवस्थापन हुदै आइरहेको क्यापिटलले उल्लेख गरेको छ ।

क्यापिटलले लगानी व्यवस्थापन सेवाको सुरुवात बि.स.२०७१ साल देखि सुरु गरेको हो । दक्ष तथा अनुभवी पुँजी व्यवस्थापकहरु द्वारा पारदर्शी तथा ग्राहक मैत्री सेवा प्रदान गर्दै आईरहेको क्यापिटलले जनाएको छ ।

एनआईबीएल एस क्यापिटलले विगत ८ बर्ष अधिदेखी सुरुवात गरेको यस सेवा अन्र्तगत लगानीकर्ताहरुलाई स्वेच्छिक र अस्वेच्छिक लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले भनेको छ ' ग्राहक बर्गले कम्पनी प्रति देखाउनु भएको विश्वास र यस सेवामा आवद्ध भई लगानी व्यवस्थापन सेवा मार्फत प्राप्त गर्दै आइरहेको मुनाफ र ग्राहकबर्गकोहितलाई नै सर्वोपरि ठानी कार्य गर्ने कुसल लगानी व्यवस्थापकहरुको कारण यो ४ अर्बको आकारको कोषे ढुङ्गा प्राप्त गर्न कम्पनी सफल भएको छ । '

आगमी दिनहरुमा पनि लगानीकर्ताहरुको साथ, सहयोग, सदभाव र विश्वासलाई मध्यनजर गर्दै कम्पनीले सेवालाई थप परिस्कृत, प्रविधिमैत्री, तथा प्रतिफलयुक्त सेवाको रुपमा विकास गर्दै लैजाने क्यापिटलले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved