हिमालयन उर्जा विकास कम्पनीले २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2023 | 10:05:44 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन उर्जा विकास कम्पनीले २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीको माघ १३ गते बसेको संचालक सम्तीको बैठकले हाल कायम चुक्ता पुँजीको १ : २ को अनुपातमा २ सय प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरेको हो।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि, विद्युत नियमन आयोगले स्वीकृति दिएपछि, र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।   

यस्ता छन् कम्पनीको संचालक समितिको बैठकले गरेका ५ निर्णय:

१. कम्पनीको अधिकृत पुँजी बृद्धि गरी रु. ३,५०,००,००,००० (अक्षरेपी तिन अर्व पचास करोड रुपैयाँ मात्र) पुऱ्याउने गरी प्रबन्ध पत्रको दफा ६ (क) संसोधन गर्ने निर्णय गरियो र स्वीकृतीको लागी तीन महले सहितको प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय गरियो ।

२. कम्पनीको जारी पुँजी बृद्धि गरी रु. ३,५०,००,००,००० (अक्षरेपी तिन अर्व पचास करोड रुपैयाँ मात्र) पुऱ्याउने गरी प्रबन्ध पत्रको दफा ६ (ख) संशोधन गर्ने निर्णय गरियो र स्वीकृतीको लागी तीन महले सहितको प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय गरियो ।

३. कम्पनीमा हाल कायम चुक्ता पुँजीको १ : २ को अनुपातमा हकप्रद शेयर निश्कासन गर्ने निर्णय गरियो । यसका लागी विद्युत नियमन आयोगबाट सहमती लिई स्वीकृतीको लागी आगामी साधारण सभामा पेश गर्ने निर्णय गरियो ।

४. हकप्रद शेयर निश्कासन पछि प्राप्त हुने पुँजी मध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दिर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय गरियो ।

५. कम्पनीको लागी आवश्यक नपर्ने चल अचल सम्पत्ती जग्गा जमानी विक्री गर्ने अख्तीयार सञ्चालक समितिमा रहने गरी प्रबन्ध पत्रको दफा ५ (च) ९) संशोधन गर्ने निर्णय गरियो र स्वीकृतीको लागी तीन महले सहितको प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने निर्णय गरियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved