वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आत्मनिर्भर लघुवित्तको आईपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 08:34:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आज माघ १६ गतेदेखि नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आइपिओ बिकी खुला गरेको छ । कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता शेयर निष्काशन गरेको हो । 

यस निष्काशनमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ता शेयरको लागि आवेदन दिन सकिने छ  ।  

आईपिओ निष्काशन गर्ने मिति तय गरेको छ । कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ १६ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो ।  कम्पनीले आईपिओ निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।. 

कम्पनीले आम सर्बसाधारणलाई फागुन ११ गतेदेखि आईपिओ निष्काशन गर्ने छ।    यस निष्काशनमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ ।

 नेपाल धितोपत्र बोर्डले पुस १७ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो  ।. कम्पनीको केन्द्रिय कार्यालय दाङको घोराहीमा रहेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved