हकप्रद निष्काशनको लागि लाइफ इन्स्योरेन्स कर्पोरेशनले चयन गर्यो बिक्री प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 12:23:15 PM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको लागि लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  बीमा समितिबाट जीवन बीमा कम्पनीहरुले आफ्नो चुक्ता पूँजी  पाँच अर्ब कायम गर्नु पर्ने निर्देशन भएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने लागेको हो।   

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको १ः०.८८४५१६८ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको २,३४,६८,००० कित्ता शेयरको हुने रु. २,३४,६८,००,०००।– (अक्षरेपी दुई अरब चांैतिस करोड अठसट्ठी लाख मात्र) बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 

 हाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रहेको छ । यस कम्पनीमा भारतीय जीवन बीमा निगम'को ५५ प्रतिशत लगानी रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved