
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज सिभिल बैंक र किसान लघुवित्तको गरि कुल ५३ लाख २३ हजार ५ सय ३९ दशमलव ७ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आज सिभिल बैंकको ५ प्रतिशतले हुन आउने ४५ लाख ३७ हजार ९ सय २१ दशमलव ९५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै आज नै साना किसान लघुवित्तको २० प्रतिशतले हुन आउने ७ लाख ८५ हजार ६ सय १७ दशमलव ७५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।