सर्वसाधारणलाई एशियन हाइड्रोको आइपिओ माघ २७ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 08:32:29 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन हाइड्रोपावर लिमिटेडले माघ २७ गतेदेखि आम सर्वसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ६ लाख ९७ हजार २ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो 

कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली श्रमिकलाई र आयोजना प्रभावितलाई स्थानीयलाई आइपिओ निष्काशन गरिसकेको छ । त्यस्तै कम्पनीले सामुहिक लगानी कोष योजनाहरुलाई ४२ हजार कित्ता शेयर बाँडफाँड गरिसकेको छ । अब कम्पनीले कम्पनीमा कार्यरत स्थानीयलाई १६ हजार ८ सय कित्ता शेयर छुट्याएर  बाँकि रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो  

यस निष्काशनमा सर्वसाधारणले फागुन २ गतेसम्म आवेदन दिन सक्ने छन्  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि दिन सकिने छ  । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ  । 

यस कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ कार्तिक १५ देखि व्यापारिक उत्पादन गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved