३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 08:55:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आज माघ १७ गते मंगलबार ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज अरुण भ्याली हाइड्रो, रिडी पावर कम्पनी र तारागाउँ रिजेन्सी होटेलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी ३ कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ १८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

रिडी पावर कम्पनीले  माघ २९ गते नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा सभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट ४० प्रतिशत बोनस शेयर र २.१० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले घोषणा गरेको हकप्रद प्रस्ताव भने साधारणसभाको एजेण्डामा उल्लेख छैन । विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि विशेष साधारणसभा बोलाएर हकप्रद प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले  फागुन ३ गते नेपाल पर्यटन बोर्डमा सभा आह्वान गरेको छ  ।  कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. १,८८,६६,५४,०००/- को ८.४२% ( लाभांश कर सहित) ले हुने रकम रु. १५,८८,७६,१२६ । - नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

त्यस्तै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले  माघ २७ गते शुक्रबार नयाँ बानेश्वर स्थित इन्देरनी कम्प्लेक्समा सभा आह्वान गरेको छ । कम्पनीले  आर्थिक वर्ष २०७८/७९ को मुनाफा र सञ्चितीबाट  हाल कायम रहेको चुक्ता पूँजी रु. १,७२,९५,९५,००० को ८ प्रतिशत बोनश र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ ।

सम्बन्धित कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात् उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved