साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको ७३ लाख कित्ता बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 12:38:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज कम्पनीको ४ प्रतिशतले हुन आउने ७३ लाख २३ हजार १६ दशमलव ५३ कित्ता बोनस शेयर सुचिकृत भएको हो 

बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरि ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि अनुसार बैंकको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सुचिकृत भएको हो 

 साविकको नेपाल इन्भेष्टमेन्ट बैंक र साविकको मेगा बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु गरिसकेका छन् । नेप्सेमा भने बैंकको शेयर कारोबार सुरु हुन बाँकि रहेको छ । साविकका दुवै बैंकको बोनस शेयर नेप्सेमा सुचिकृत भएपछि मर्जरहुँदाको स्वाप रेसियो अनुसार शेयर मिलान भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर कारोबार सुरु हुने छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved