विजुली उत्पादन गरिसकेका दोल्ती पावर र भूगोल इनर्जीले पाए आइपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 08:19:24 PM मा प्रकाशित

laxmi  sunrise bank

थप दुई हाइड्रोपावर कम्पनीले आइपिओ निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले माघ १६ मा दोल्ती पावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आइपिओ निष्काशनको अनुमति दिएको हो । 

दोल्ती पावरले १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको १६ लाख ९ हजार ४ सय ५८ कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । त्यस्तै भूगोल इनर्जीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १ सय ६० कित्ता शेयर निष्काशनको अनुमति पाएको हो । दुवै कम्पनीले आइपिओ निष्काशनको लागि एनआइसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ । 

दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ । त्यस्तै भूगोल इनर्जीले पनि दैलेख मै ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved