मनकामना इन्जिनियरिङ्गले माग्यो आइपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2023 | 08:30:39 PM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ १६ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने २४ करोड बराबरको २४ लाख कित्ता शेयर सर्वसाधारण तथा आयोजना प्रभावितको लागि निष्काशन गर्ने भएको हो।  कम्पनीले शेयर निष्काशनको लागि बिओके क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बोर्डबाट अनुमति पाएअप्ची कम्पनीले शेयर निष्काशन गर्ने छ ।

मनकामना इन्जिनियरिङ्गले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved