सिनर्जी पावर कम्पनीको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 09:36:39 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि जारी पुँजी वृद्धि गर्नको लागि विशेष साधारणसभा आह्वान गरेको हो 

कम्पनीले फागुन ४ गते बिहिबार आफ्नै कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको हो । विशेष साधारणसभामा जारी पुँजी वृद्धि गर्ने, प्रबन्धपत्रको दफा ६ को ख संशोधन गर्ने, प्रस्तावित संशोधनमा नियामक निकायबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छन् 

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २४ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन पाउने छन् 

कम्पनीले  ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले आर्थिक वर्ष ७७/७८ को १० प्रतिशत बोनस वितरणपछि कायम भएको चुक्ता पूँजी ८०,६५,७५,००० को ५० प्रतिशत ४०,३२,८७,५०० कित्ता शेयर निस्काशन गर्न लागेको हो। कम्पनीको हकप्रदलाइ विद्युत नियमन आयोगले स्वीकृति प्रदान गरिसकेको छ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीलाई हकप्रद बिक्रिको बाटो खुल्ने छ । कम्पनीले यस अघि नै हकप्रद शेयर निस्काशनको लागि सानिमा क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ। 

हकप्रद निस्काशनबाट प्राप्त हुने रकम कम्पनीको ५० प्रतिशत स्वामित्व रहेकोएपेक्स मकालु हाईड्रोपावरमा लगानी गर्ने जनाईएको छ। एपेक्स मकालु हाईड्रोपावरले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा २२ मेगावाटको 'मध्य होङ्गु खोला जलबिद्युत आयोजना' निर्माण गरिरहेको छ। निर्माणाधिन अवस्थामा रहेको उक्त आयोजना ३ बर्षमा सम्पन्न गरि विद्युत उत्पादन शुरु गर्ने कम्पनीको तयारी छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved