लगानीकर्ताहरुलाई निःशुल्क सेयर शिक्षा दिन ब्रोकर नम्बर ३९ र आईएएफएसबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 03:26:19 PM मा प्रकाशित

laxmi  sunrise bank

 स्टक ब्रोकर नं. ३९  सुमेरु सेक्युरिटिज र आई.ए.एफ.एस (iafs) बीच सहकार्यको सम्झौता भएको छ। दुई संस्थाले  हरेक साताको शुक्रबार लगानीकर्ताहरुलाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गरेका हुन्। 

सम्झौतामा सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आई.ए.एफ.एस.का प्रबन्ध निर्देशक सुमन गौतमले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवालले यस प्रशिक्षण कार्यक्रम  लगानीकर्ताहरुको लगानी सचेतनाको वृद्धिमा मद्दत मिल्ने बताए । यस्ता कार्यक्रमले बजारमा लगानी गर्दा  हुने जोखिम न्यूनीकरण गर्न लगानीकर्तालाई सजक हुने विश्वास अग्रवालले लिएका छन्।

आई.ए.एफ.एसले आधारभुत विश्लेषण, प्राविधिक विश्लेषण, लगानी विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन र स्मार्ट इस्भेस्टर जस्ता पाठ्यक्रम पस्कने आई.ए.एफ.एसका प्रबन्ध निर्देशक सुमन गौतमले बताए। असाइनमेन्ट आधारित शिक्षा दिने बताएको आईएएफएसले  तालिम लिने  विद्यार्थी र लगानीकर्ताहरुलाई कक्षाकोठा सत्र, लाइभ ट्रेडिङ्ग अभ्यासहरू, अनलाइन सपोर्ट र विशेषज्ञ परामर्श दिने तयारी गरेको जनाएको छ।

तालिम लिन इच्छुक लगानीकर्ताले आई.ए.एफ.एसको कार्यालय (फोन नम्बर : ०१-५९७०४३९ ) वा इमेल [email protected] मा सम्पर्क गरेर आफ्नो नाम टिपाउन सक्ने कम्पनीले जनाएको छ।




सुमेरु सेक्युरिटिजले आफ्नो सेवा ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावरको तेस्रो तल्ला र शाखा कार्यालय  झापाको बिर्तामोडबाट प्रदान गर्दै आएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved