पुर्वाञ्चल ल्यूव आयलले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2023 | 09:42:41 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता पुर्वाञ्चल ल्यूव आयल लिमिटेडको तर्फबाट प्रबन्ध संचालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक  दिनेश थकालीेले हस्ताक्षर गरेका छन् ।  पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले सर्वसाधारणलाई ५ लाख कित्ता शेयर जारी गर्न लागेको हो । 

सुन्दरहरैचा ०९, मोरङ्ग, बिराटचोकमा रजिष्टर्ड कार्यालय रहेको पुर्वाञ्चल ल्यूव आयल लिमिटेडले विगत २३ बर्षदेखि आफनो उत्पादन तथा बिक्री बितरण गर्दै आएको छ ।  कम्पनीका अनुसार हाल नेपाल र ९३ भन्दा बढी डिलर र ११,००० भन्दा बढी खुद्रा व्यापारी रहेका छन् ।  

बिदेशबाट विभिन्न ब्राण्डको आयातीत ल्युबरिकेन्टलाई प्रतिष्थापन गर्दे नेपालको हाल एक अग्रणी ल्युबरिकेन्ट कम्पनी बन्न सफल भएको र विभिन्न प्रकारका PLO ब्राण्डको ल्युबरिकेन्ट उत्पादन, बिक्री वितरण गरिरहेको कम्पनीले जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved