स्थानीयले सानिमा मिडिल तमोर हाइड्रोको आइपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 08:29:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि आईपिओमा आवेदन दिने आज माघ १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयले माघ ४ गतेदेखि आईपिओ निष्काशन गरेको थियो ।  

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ३३ लाख ३२ हजार कित्ता ५ सय कित्ता शेयर निष्काशन गरेको छ । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोवास गर्ने नेपाली नागरिकहरुलाई ४०% अर्थात १३,३३,००० कित्ता शेयर छुट्याईएको छ ।  आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बाँकि बासिन्दाहरुको लागि ६०% अर्थात १९,९९,५०० कित्ता शेयर छुट्याईएको छ । 

स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २९८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved