निर्धन उत्थान लघुवित्तको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 08:57:34 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १२ गते नक्साल स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

सामान्य प्रस्तावहरु:

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु ( अन्य अनुसूचीहरु समेत) उपर छलफल गरी पारित गर्ने ।

(३) वित्तीय संस्थाको सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम चुक्ता पूँजीको १ प्रतिशतले हुन आउने रकम रु.२,१९,५०,२५०।०० (अक्षेरुपी दुई करोड उन्नाइस लाख पचास हजार दुई सय पचास मात्र) नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

(४) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(५) संस्थाको सञ्चालक समितिका सदस्यहरुको मनोनयन / नियुक्ति अनुमोदन गर्ने ।

 बिशेष प्रस्तावहरु:

(१) वित्तीय संस्थाको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने ।

(२) सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आ.व. २०७८/७९ सम्मको वितरण योग्य मुनाफाबाट वित्तीय संस्थाको हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने रकम रु. ४१,७०,५४,७५०/- (अक्षेरुपी एकचालिस करोड सत्तरी लाख चौवन्न हजार सात सय पचास मात्र ) बराबरको बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने ।

(३) वित्तीय संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन परिमार्जन गर्ने।

(४) वित्तीय संस्थाको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट परिवर्तन वा थपघट गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा संशोधन, परिवर्तन, थपघट तथा सच्याउनको लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने ।

(५) संस्थापक शेयरधनीको तर्फबाट २ जना र सर्बसाधारण शेयरधनीको तर्फबाट २ जना संचालकको निर्वाचन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved