गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 09:10:00 AM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको लाभांश सुरक्षित गर्ने आज माघ १९ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २० गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज माघ १९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले माघ २७ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक्व वर्ष ७८/७९ को मुनाफाबाट ६.५० प्रतिशत बोनस शेयर र ०.३४ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

 सामान्य प्रस्तावहरु :

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखा परिक्षकको प्रतिवेदन सहितको आ.व.२०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरि पारित गर्ने ।

३. लेखा परिक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०७९/०८० को लागि लेखा परिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने । (वर्तमान लेखापरिक्षक श्री एन.अमात्य एण्ड कम्पनी पुनः नियुक्तिको लागि योग्य ।)

४. संस्थाको संस्थापक शेयरधनी तर्फबाट ३ जना तथा सर्वसाधारण शेयरधनी तर्फबाट २ जना संचालक पदमा निर्वाचन गर्ने र स्वतन्त्र संचालक पदमा १ जना मनोनित गर्ने ।

५. संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ०.३४% ले हुन आउने नगद लाभांश रु.३२,५१,३६८/४२ (अक्षेरुपी बत्तीस लाख एकाउन्न हजार तीन सय अठसाठ्ठी र पैसा बयालीस मात्र) (बोनस शेयर तथा नगद लाभांश कर प्रयोजन) वितरण गर्ने ।


 विशेष प्रस्तावहरु:

१. संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ६.५०% ले रु.६,१७,७६,०००/- (अक्षेरुपी छ करोड सत्र लाख छयहत्तर हजार मात्र) बराबरको बोनस शेयर बितरण गर्ने र सो पश्चात् अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी बृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।

२. नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रार कार्यालय तथा सम्बन्धित निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संसोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

३. यस वित्तीय संस्था तथा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर (गाभ्ने/गाभिने) गर्ने/गराउने एक वा एक भन्दा उपयुक्त वित्तीय संस्थाहरु प्राप्ती (एक्वीजिशन) गर्ने वा जाने सम्बन्धमा प्रचलित ऐन, कानुन, नीति, नियम तथा निर्देशन अनुसार गर्नु पर्ने सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved