मर्जर प्रक्रियामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा आह्वान, यी हुन् १४ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 09:25:12 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ११ गते काठमाडौँको डिल्लीबजार स्थितअमृतभोग क्याटरिङमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश वितरण, मर्जर प्रस्ताव सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ६.९९ प्रतिशत बोनस शेयर र ०.३६७९  प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २७ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 


साधारण प्रस्ताव

१. सञ्चालक समितिको १८ औं बार्षिक प्रतिवेदन २०७८/०७९ पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात, आ.ब. २०७८/०७९ को
नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने

३. बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूंजीको ०.३६७९ प्रतिशतले हुन आउने रु. ४८,२९,७०८/- नगद लाभांश स्वीकृत गर्ने ।

४. लेखापरीक्षण समितिको सिफारिस बमोजिम बिशेष प्रस्तावमा उल्लेखित यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. को संयुक्त कारोवार शुरु हुनुभन्दा अघिल्लो दिनसम्मको आ.ब. २०७९/०८० को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने ।


बिशेष प्रस्तावः

(१) कम्पनीको हालको जारी तथा चुक्ता पूंजी रु. १,३१,२७,८४,५५०/- बाट बृद्धि रु.१,४०,४५,४९,०००/- पुऱ्याउने र सो प्रयोजनको लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.ब. २०७८/०७९ को मुनाफा मध्येबाट चुक्ता पूंजीको ६.९९% ले हुन आउने रु.९,१७,६४,४५०/- बराबर बोनस शेयर वितरण गर्ने । बोनस शेयर वितरण गर्दा फ्र्याक्सनमा आउने शेयरलाई पछि समायोजन गर्ने गरी यथावत् राख्ने ।

२) नं. (१) को व्यबस्था अनुसार प्रबन्धपत्रको दफा ५ (ख) र ५ (ग) संशोधन गर्ने ।

३) यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. एक आपसमा / गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

४) यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड तथा अंग्रेजीमा Sagarmatha Lumbini Insurance Company Limited कायम गर्ने तथा नयां बन्ने कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र, नियमावली, मू.अ.क. दर्ता प्रमाणपत्र नम्बर, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. को कायम रहने गरी निर्जीवन बीमा व्यबसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने |

५) यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि गरिएको सम्झौता तथा मुल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदन समेतका आधारमा निर्धारण गरिए बमोजिम गाभिएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. को हाल १०० कित्ता बराबर १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल कायम १०० कित्ता बराबर ८० कित्ता शेयर कायम हुने गरी स्वाप रेसियो १००:८० लाई स्वीकृत गर्ने प्रस्ताव पारित गर्ने ।

६) यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी अन्तीम सम्झौता पत्र ( Scheme of Arrangement), सहमति- पत्र (Memorandum of Understanding) तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने ।

(७) यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि दुबै कम्पनीको चल / अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (Due Diligence Audit) तयार गर्न नियुक्त गरेका लेखापरीक्षक/ मूल्याङ्कनकर्ता जे.बि. राजभण्डारी एण्ड डिबिन्स, चार्टर्ड एकाउन्टेन्टको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने ।

(८) यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभ्ने/गाभिने सम्वन्धि साधारणसभाबाट पारित बिशेष प्रस्तावहरुका सम्वन्धमा तथा सभाले गर्ने अन्य निर्णय कार्यान्वयन गर्ने सिलसिलामा श्री नेपाल बीमा प्राधिकरण, श्री कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य नियामक निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशन कार्यान्वयन गर्न तथा मर्जर सम्वन्धमा गर्नुपर्ने बांकी सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

(९) यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को अर्को साधारण सभा नभएसम्मका लागि सञ्चालक समितिमा यस कम्पनीबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई दिने ।

अन्य प्रस्ताव 

(१) प्रबन्धपत्र/नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved