सगरमाथा इन्स्योरेन्सको साधारणसभा आह्वान, २० प्रतिशत शेयर सर्वसाधारण समूहमा परिणत गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 12:51:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन ११ गते काठमाडौँको लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश वितरण, मर्जर प्रस्ताव सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १२.४० प्रतिशत बोनस शेयर र ०.६५२६ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले संस्थापक समुहको २० प्रतिशत शेयरलाई क्रमश सर्बसाधारण समुहमा परिणत गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

सामान्य प्रस्ताव 

१. संचालक समितिको तर्फवाट अध्यक्षज्युबाट पेश हुने आ. ब. २०७८ ०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. आ.व.२०७८ / ०७९ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने ।

३. संचालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पुंजी रु. १,३३,३६,२९,००० को ०.६५२६ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्ने ।

४. कम्पनीको आ.व.२०७९/ ०८० को लेखा परिक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस वमोजिम लेखा परिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने ।

बिशेष प्रस्ताव 

१. संचालक समितिबाट प्रस्ताव भए बमोजिम कम्पनीको हाल कायम चुक्ता पुंजी रु.१,३३,३६,२९,०००/- को १२.४० प्रतिशत अर्थात वर्तमान १० शेयर बराबर १.२४ शेयर (१०:१.२४) अनूपातमा बोनश शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अङ्कलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने ।

२. प्रवन्ध पत्रको दफा १ मा र नियमावलीको नियम १ मा संसोधन गरी कम्पनीको नाम संसोधन गर्ने ।

३.  प्रबन्ध पत्रको दफा ५.२, ५.२.१ मा संशोधन गरी कम्पनीको जारी तथा चूक्ता पूजी वृद्धि गर्ने ।

४ . नियमावलीको नियम २८ (१) को (क), (ग) र (घ) मा संशोधन गरी संचालकको बैठक भत्ता तथा पत्रपित्रका, संचार, सवारी सुविधामा वृद्धि गर्ने ।

५ . प्रस्ताव नं.२.२, २.३ र २.४ मा उल्लेखित संशोधन समेत समावेश गरी कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८ / ०७/०७ को निर्देशन बमोजिम कम्पनी ऐन २०६३ बमोजिमको ढाँचामा अद्याबधिक गारिएको कम्पनीको (संशोधित) प्रवन्ध पत्र तथा नियमावली पारित गर्ने ।

६ . कम्पनीमा संस्थापक शेयरधनी समुह अन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१% र संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाको २०% गरी संस्थापक शेयरधनि स्वामित्व ७१% रहेकोमा नेपाल विमा प्राधिकरणको मिति २०७९ १० १२ को सैद्धान्तिक सहमति बमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१% शेयर मध्ये २०% प्रतिशत 'शेयरहरु समानुपातिक रुपमा सर्वसाधारण शेयरधनि समूहमा परिणत गर्ने ।

७. सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई गाभ्ने सम्वन्धि प्रस्ताव पारित गर्ने ।

८. सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्वन्धमा भएका प्रारम्भिक सहमती पत्र (Memorandum of Understanding) तथा अन्तिम संझौता (Final Agreement) लाई अनुमोदन गर्ने तथा मर्जर सम्वन्धि वांकी कार्यहरु पुरा गरी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा गाभ्नको लागी अन्तिम स्वीकृति प्रदान गर्ने ।

९. सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागी संयुक्त मर्जर समितिबाट दुवै कम्पनीको सम्पत्ति तथा दायित्वको मुल्याङ्कन ( Due Diligence Audit - DDA) गर्नका लागी नियूक्त मुल्याङ्कनकर्ता श्री J.B. Rajbhandari & DiBins लाई गरिएको नियुक्ती र निजको पारिश्रमिक सम्बन्धमा भएको निर्णय अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने ।

१०. सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागी दुवै कम्पनीहरुको सम्पत्ति र दायित्वको मुल्याङ्कन ( Due Diligence Audit - DDA) गर्नका लागी नियूक्त मुल्याङ्कनकर्ता श्री J. B. Rajbhandari & DiBins वाट प्राप्त प्रतिवेदनका आधारमा गाभ्ने गाभिने सम्बन्धमा भएको अन्तिम सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बरावर १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको हाल कायम १०० कित्ता बराबर ८० कित्ता शेयर (१००:८०) कायम हुने गरी निर्धारण गरिएको शेयर आदान प्रदान अनूपात ( Share Swap Ratio) लाई स्वीकृत गर्ने प्रस्ताव पारित गर्ने।  

११. सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्वन्धमा संयुक्त मर्जर समितिवाट भए गरेका खर्च तथा अन्य सम्पूर्ण कार्यहरु अनुमोदन गर्ने ।

१२. कम्पनीवाट सामाजिक संघ संस्थालाई आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ को उपदफा १ को खण्ड “ग” ले निर्धारण गरेको सिमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्च रु.६ लाख ३१ हजार ५०१ लाई अनुमोदन गर्ने ।

१३. सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्वन्धि साधारण सभावाट पारित प्रस्तावहरु कार्यन्वयन गर्नका लागी नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य नियामक निकायहरुबाट कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत समावेश गरी संशोधन गर्न, मिलान गर्न र मर्जर सम्बन्धि बाँकी कार्यहरु सम्पन्न गर्नका लागी संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved