
ब्रोकर नम्बर ३४ भिजन सेक्यूरिटिजले कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ । मुख्य कार्यालय अनामनगर, काठमाडौंमा कल सेन्टर सेवा सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ ।
सो सेवावाट एकै पटकमा १५ वटा कल रिसिभ गर्न सकिने भएकोले दैनिक कामकाज सहज भई सेवा प्रवाह समेत चुस्त दुरुस्त हुने अपेक्ष लिएका कम्पनीले जनाएको छ। शाखा सञ्जालमा भएको बृद्दि तथा अनलाईन कारोवार प्रणाली आए पश्चात शेयर कारोवार तथा ग्राहकको संस्ख्यामा उल्लेख्य वृद्धि भएको तथा एकै समयमा धेरै ग्राहकहरुले केन्द्रिय कार्यालयमा फोन सम्पर्क गर्दा फोन व्यस्त भई ग्राहकहरुलाई प्रदान गरिने सेवा प्रवाहमा कमि नहोस् भन्ने उद्धेश्य तथा समय सापेक्ष सेवामा सुधार गर्न आवश्यकता महशुस गरि कल सेन्टर सेवा सञ्चालनमा ल्याईएको कम्पनीले जनाएको छ।
कम्पनीले हाल उपत्यका वाहिर चारदोवाटो–वनेपा, नारायणपथ–भैरहवा, सभापतीचोक–कावासोती, सफासडक–दमौली र गणेशटोल–वेनीमा ९च्ध्क्० शाखा कार्यालय सञ्चालन गरिरहेको छ । पछिल्लो समयमा कास्कीको विरौटा, ईलामको ईलाम वजार, कै्लालीको टिकापुर र कपिलवस्तुको चन्द्रौटामा नेपाल धितोपत्र बोर्डवाट शाखा सञ्चालनको लागि पुर्वाधार तयार गर्न पत्र प्राप्त भएकोमा कास्कीको विरौटा शाखाको निरिक्षण भई स्वीकृती प्राप्त भएको र अन्य शाखाहरुमा तोकिएको पूर्वाधार तयार गरि सकिएको र निरिक्षणका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गरि सकिएकोले निरिक्षण पश्चात अन्तिम स्वीकृति प्राप्त भए संगै निकट भविष्यमा नै उक्त स्थानहरुमा पनि शाखा सञ्चालन गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहक तथा सरोकारवाला हरुले निम्नानुसारकको फोन नम्बरमा कल गरि आफुनो आवश्यकता अनुसार विभागको एक्सटेन्सन नम्बर प्रयोग गरि सेवा लिन आग्रह गरेको छ ।