मर्चेन्ट बैंकर्सका सीईओहरुलाई समेत राखेर अन्तरक्रिया गर्दै बोर्ड अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 12:19:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आज सोमबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेका छन् । आज दिउँसो ३:३० ग्वार्को स्थित काठमाडौँ कलेज अफ म्यानेजमेन्टमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् 

आफुमाथि विभिन्न आरोप लागेपछि उनले पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् । उनले विज्ञप्ति जारी गरेर आफ्नो भनाई सार्वजनिक गरिसकेका छन् । साथै आफुले गरेका १० वटा प्रमुख कामको विवरण पनि सार्वजनिक गरिसकेका छन्  

  दिउँसो हुने अन्तरक्रियामा बोर्ड अध्यक्ष हमाल, बोर्डका उच्च तहका कर्मचारीहरु, मर्चेन्ट बैंकर्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु, ति कम्पनीका मर्चेन्ट बैंकिङ प्रमुखहरुको समेत उपस्थिति रहने छ । बोर्ड अध्यक्ष हमालले आफुमाथि काम अड्काउने गरेको आरोप लागेपछि वास्तम मै काम कसरी भईरहेको छ भन्ने बारे जानकारी दिन नै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । कुन काम कसरी भईरहेको छ भन्ने जानकारी दिने कार्यक्रमको उदेश्य रहेको उनले बताए। सोहि कारण कार्यक्रममा मर्चेन्ट बैंकर्स कम्पनीका सीइओहरु समेत कार्यक्रममा सहभागी हुने अध्यक्ष हमालले बताएका छन् । बोर्ड अध्यक्ष हमालले बोर्डको कार्यालयमा अन्तरक्रियाको लागि स्थान अभाव भएकोले कलेजमा अन्तरक्रिया तय गरेको बताएका छन्

यद्यपि सबै मर्चेन्ट बैंकर्स कम्पनीका सीइओहरुलाई भने बोलाईएको छ। बाहिर आएका समाचारमा जुन जुन कम्पनीका सार्वजनिक निष्काशन रोकिएको भनेर दाबी गरिएको थियो, ति निष्काशनका बिक्री प्रबन्धकको रुपमा रहेका मर्चेन्ट बैंकर्सका सीइओ तथा मर्चेन्ट बैंकिङलाई मात्र बोलाईएको हो । 

यो पनि ; धितोपत्र बोर्ड अध्यक्ष हमालले सार्वजनिक गरे १० प्रमुख कामको विवरण

नेपाल बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी लिएको छैन : बोर्ड अध्यक्ष हमाल


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved