
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मर्जरमा गएका कम्पनीको शेयर कारोबार १५ दिनभन्दा बढी रोक्का गरिए कारवाही गर्ने बताएका छन् । बोर्डले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले एकिकृत कारोबार सुरु गरेपछि १५ दिनभन्दा बढी कारोवार रोक्का नरहने व्यबस्था समेत लागु गरिसकिएको सो बमोजिम नगर्ने कम्पनीलाई कारवाही हुने बताएका हुन् ।
यद्यपि उनले कुन कम्पनीले कारोबार खुलाउन ढिलाई गरेको हो , त्यसबारे बोर्डमा जानकारी दिन वा गुनासो गर्न आग्रह गरेका छन् । उनले भने ' निर्देशिकाले प्रष्ट रुपमा १५ दिन मात्र कारोबार रोक्का रहन सक्ने ब्यबस्था गरेको छ, त्यसो नगर्नेलाई ऐन, नियमावली, निर्देशिका बमोजिम जानकारी हुन्छ, त्यसको जानकारी हामीलाई गराउनोस्' निर्देशिका
उनले सूचीकृत संगठित संस्थाको गाभ्ने गाभिने क्रममा शेयर कारोवार बर्षौंसम्म रोक्का रहने आम लगानिकर्ताको शेयर बन्धक रहने लगायतका समस्या रहेकोमा “धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” बनाई स्पष्ट नीति तथा व्यवस्था गरिएको बताए । साथै यस निती अनुरुप १५ दिनभन्दा बढी कारोवार रोक्का नरहने व्यबस्था समेत लागु गरिसकिएको छ र गाभ्ने गाभिने प्रक्रियाका लागी दिइएको निवेदन उपर आवश्यक छानबिन गरि बढीमा ३ दिन भित्र स्विकृती दिने व्यबस्था लागु गरिसकिएको उल्लेख गरे ।