सनराइज फोकस्ड इक्विटी फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2023 | 08:32:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटलले निष्काशन गरेको सनराइज फोकस्ड इक्विटी फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरुमा आवेदन दिने आज माघ २४ गते अन्तिम दिन रहेको छ ।  क्यापिटलले माघ १० गतेबाट इकाई निष्काशन गरेको हो। 

क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सनराइज फोकस्ड इक्विटी फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गरेको हो ।  जस मध्ये १ करोड ८० लाख इकाई कोष प्रबर्दक सनराइज बैंकलाई छुट्याईएको छ । बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ ।  यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।  

हाल सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्ड र सनराइज ब्लुचिप फण्ड संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved