६५ प्रतिशत लाभांश प्रस्ताव गरेको उपकार लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2023 | 09:41:05 AM मा प्रकाशित

laxmi  sunrise bank

उपकार लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १८ गते बाँकेको बैजनाथ स्थित गाभर भ्याली होमेस्टेमा सभा आह्वान गरेको हो  ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ६१.७५  प्रतिशत बोनस शेयर र ३.२५ प्रतिशत नगद गरि कुल ६५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन ३ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

साधारण प्रस्ताव: 

१. संचालक समितिको अध्यक्ष ज्यूले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगती प्रतिवेदन माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।

२.आ.व.२०७८/०७९ लेखा परिक्षण प्रतिवेदन, वासलात, तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरू (मिति २०७९ अषाढ मशान्त सम्मको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुची हरू) समेत वित्तीय विवरण पारित गर्ने सम्बन्धमा ।

३. संचालक समितिको प्रस्ताव बमोजिम आ.व. २०७८ ०७९ सम्मको मुनाफाबाट चुक्ता पुँजी ६,५६,२५,००० को ३.२५ प्रतिशतले हुने रकम रु.२१,३२,८०० कर प्रयोजनका लागी समेत नगद लाभांश पारित गर्ने ।

४. बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ६३ र कम्पनि ऐन २०६३ दफा १११ अनुसार यस वित्तीय संस्थाको आ.व.२०७९।२०८० को लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखा परिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

५. संस्थागत समुहबाट अध्यक्ष एवम् एक जना संचालक र सर्वसाधारण समुहबाट दुई जना संचालक निर्वाचन गरी नियुक्त गर्ने ।

५. बिविध

विशेष प्रस्ताव : 

१. संचालक समितिको प्रस्ताव बमोजिम आ.व. ०७८ २०७९ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु.६,५६,२५,००० को ६१.७५ प्रतिशत हुने रकम रु. ४,०५, २३, २०० बोनस शेयर वितरणको प्रस्ताव पारित गरी सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने ।

२. संचालक समितिको बैठक भत्ता वृद्धि गर्नका लागी नियमावलिमा संशोधन गर्ने सम्बन्धमा ।

३. संस्थाले अन्य लघुवित्त संस्थाहरू गाभिने / गाभ्ने, प्राप्ती एक्विजिसन तथा सम्बन्धि प्रक्रिया अगाडी बढाउनका लागी संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

४. संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्यांकन (Due to diligence Audit DDA) गर्न मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्त गरि निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/गाभिने प्राप्ती एक्विजिसन तथा खरिद सम्बन्धि समझदारी पत्रमा (Memorandum of Understanding) तर्जुम गर्न र सो सम्बन्धि आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।
५.वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलि संशोधन गर्ने सिलसिलामा सम्बन्धित निकायहरूबाट आवश्यक निर्देशन गरेमा सोहि बमोजिम प्रबन्धपत्र तथा नियमावलि संशोधन एवं परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

६. यस वित्तीय संस्थाको प्रबन्धपत्रमा व्यवस्था भएको अधिकृत पुजी रु.८,००,००,०००/- अक्षरेपी आठ करोड बाट वृद्धि गरी अधिकृत पुँजी रु. २५,००,००,०००/- अक्षरेपी पच्चिस करोड कायम गर्ने र सोही बमोजिम मिलान गर्न प्रबन्धपत्रको दफा ६ मा संशोधन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved