स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र बिक्री खुला, १०.३० प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 08:39:26 AM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज माघ २६ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले १ हजार अंकित दरका २४ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । २४ लाख कित्ता मध्ये १४ लाख ४० हजार कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि ९ लाख ६० हजार कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन भएको हो । जस अनुसार सामुहिक लगानी कोषलाई ४८ हजार कित्ता छुट्याएर बाँकि रहेको ९ लाख १२ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने छ  । ऋणपत्रमा छिटोमा फागुन १ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो फागुन ११ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

बैंकले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved