ग्लोबल आइएमईको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, ११.२५ प्रतिशत ब्याज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 08:54:08 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज फागुन ५ गते अन्तिम दिन रहेको छ । बैंकले म्याद थप गर्दै फागुन १४ गतेसम्म आवेदन दिन सकिने  उल्लेख गरेपनि माग भन्दा बढीको आवेदन परेकोले आज फागुन ५ गते बैंकिङ समयपछि बिक्री बन्द गर्न लागेको हो ।

बैंकले माघ २९ गतेदेखि ऋणपत्र  बिक्री खुला गरेको थियो। बैंकले  १ हजार अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

५० लाख कित्ता मध्ये ३० लाख कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि २०  लाख  कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन हुने छ । २० लाख कित्ता मध्ये १ लाख कित्ता सामुहिक लगानी कोष योजनाको लागि छुट्याईएकोमा ति योजनाहरुबाट ७० हजार कित्ताको लागि मात्र माग आएको बैंकले जनाएको छ । सोहि कारण ति योजनाहरुलाई छुट्याएर बाँकि रहेको ३० हजार कित्ता सहित बैंकले सर्वसाधारणलाई १९ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन गरेको छ ।

 ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ  । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

बैंकले ऋणपत्र निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved