३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 09:22:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज फागुन ८ गते ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी ३ कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको तथा फागुन ९ गते ग्याल्पो लोसारको सार्वजनिक विदा परेकोले आज फागुन ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

कर्पोरेट डेभलपमेन्ट बैंकले फागुन २२ गते बिरगंज स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ५० करोड रहेको छ । 

ङादी ग्रुप पावरले फागुन २५ गते अनामनगर स्थित युनियन हाउसमा साधारणसभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुँजी  १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँको ५ प्रतिशतले हुन आउने लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ४.७५ प्रतिशत बोनश शेयर तथा कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।   

स्वावलम्बन लघुवित्तले फागुन १९ गते लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र  ६.०५२ प्रतिशत नगद गरि कुल २१.०५२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved