
लक्ष्मी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज फागुन १६ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव
साधारण प्रस्ताव
१) एघारौ वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको बासलात तथा आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।
३) वित्तीय संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आ.व. २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने।
४) संस्थाको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतको दरले रु.१,९२,०२,७००/- (अक्षरेपी एक करोड बयानब्बे लाख दुई हजार सात सय मात्र) बराबर नगद लाभांस (बोनस शेयर तथा नगद लाभांसमा लाग्ने कर प्रयोजनका लागि समेत) वितरण गर्ने ।
५) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।
विशेष प्रस्ताव :
१) संस्थाको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको हालको चुक्ता पूँजीको १५ प्रतिशतका दरले रु.५,७६,०८,१००/- (अक्षरेपी पाँच करोड छ्यहत्तर लाख आठ हजार एक सय मात्र) बराबरको बोनस शेयर जारी गर्ने ।
२) उल्लेखित बोनस शेयर जारी गर्नका लागि आवश्यक हद सम्म अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने ।
३) बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम यस वित्तीय संस्थामा रहेको लक्ष्मी बैंक लि. को संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिणत गर्ने ।
४) बुँदा नं. (१), (२) र (३) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव र सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा अन्य संशोधन पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुवाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संशोधन / समायोजन गर्न संस्थाको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी दिने ।
५) लक्ष्मी लघुवित्त वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (Acquisition) गर्ने सम्वन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई दिईएको अख्तियारीलाई निरन्तरता दिने ।