नेप्सेमा लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2023 | 05:29:02 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा लक्ष्मी लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ८२४.३५ रुपैयाँ कायम  भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९४८ रुपैयाँ थियो । 

कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन १६ गते अन्तिम दिन रहेको थियो। कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले फागुन २९ गते अग्रवाल भवन कमलपोखरीमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव

साधारण प्रस्ताव
१) एघारौ वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको बासलात तथा आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।

३) वित्तीय संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आ.व. २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने।

४) संस्थाको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतको दरले रु.१,९२,०२,७००/- (अक्षरेपी एक करोड बयानब्बे लाख दुई हजार सात सय मात्र) बराबर नगद लाभांस (बोनस शेयर तथा नगद लाभांसमा लाग्ने कर प्रयोजनका लागि समेत) वितरण गर्ने ।

५) सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

 विशेष प्रस्ताव :

१) संस्थाको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको हालको चुक्ता पूँजीको १५ प्रतिशतका दरले रु.५,७६,०८,१००/- (अक्षरेपी पाँच करोड छ्यहत्तर लाख आठ हजार एक सय मात्र) बराबरको बोनस शेयर जारी गर्ने ।

२) उल्लेखित बोनस शेयर जारी गर्नका लागि आवश्यक हद सम्म अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने ।

३) बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम यस वित्तीय संस्थामा रहेको लक्ष्मी बैंक लि. को संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिणत गर्ने ।

४) बुँदा नं. (१), (२) र (३) सम्बन्धी प्रस्ताव कार्यान्वयनका लागि संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव र सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा अन्य संशोधन पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुवाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संशोधन / समायोजन गर्न संस्थाको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी दिने ।

५) लक्ष्मी लघुवित्त वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त "घ" वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (Acquisition) गर्ने सम्वन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई दिईएको अख्तियारीलाई निरन्तरता दिने ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved