
आज फागुन १८ गते बिहिबार २ वटा लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि फागुन १९ गते बुक क्लोज गर्ने निर्णय गरेको डिप्रोक्स लघुवित्त र फागुन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको सपोर्ट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
डिप्रोक्स लघुवित्तले फागुन ३० गते साधारणसभा आह्वान गरेको छ । लघुवित्तले १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
आज फागुन १८ गतेसम्म कायम शेयरधनीले यी २ कम्पनीको साधारणसभामा मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।