राष्ट्र बैंकको निर्देशनपछि जीवन विकास लघुवित्तको लाभांश घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2023 | 10:16:59 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन विकास लघुवित्तको लाभांश परिमार्जन भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले यस अघि  आर्थिक वर्ष ७८/७९ को मुनाफा  हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र  ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

अब भने कम्पनीले हालको चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र  ७.१५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४१  ८० हजार लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved