जीवन बीमा तर्फको आम्दानीमा धक्का लाग्दा २१ प्रतिशतले घट्यो नेपाल पुनर्बीमा कम्पनीको नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2023 | 10:45:35 AM मा प्रकाशित

laxmi sunrise bank

 चालु आर्थिक वर्ष २०७९–८० को प्रथम त्रैमासमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको खुद नाफामा गिरावट आएको छ। कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले कुल १८ करोड ८९ लाख ३० हजार मुनाफा गरेको छ। यो गत आर्थिक वर्ष २०७८÷७९ को समिक्षा अवधिको तुलनामा २१.२८ प्रतिशतले कमि हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २४ करोड १८ हजार रहेको थियो। 

जीवन बीमा कम्पनीतर्फको व्यावसायीक आम्दानीमा गिरावट आएसँगै कम्पनीको नाफामा धक्का लागेको देखिन्छ। गत आर्थिक वर्षको सोही अवधिमा जीवन बिमा व्यवसायबाट भएको आम्दानी ११ करोड ९९ लाख २ हजार थियो भने चालु आर्थिक वर्षको पहिलो तीन महिनामा यस्तो आम्दानी मात्रै २ करोड ३ लाख ४८ हजार रहेको छ। ब्यवसायमा आएको गिरावटसँगै जीवन बीमाको व्यावसाय मार्फत भएको नाफामा गिरावट भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ५० लाख ८७ हजार खुद नाफा कमाएकोमा यो वर्ष मात्रै १ करोड ५ लाख ८ हजार नाफा भएको छ। 

कम्पनीले यो वर्ष निर्जीवन व्यवसायबाट १७ करोड ८४ लाख खुद नाफा गरेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमाससम्म कम्पनीले निर्जीवन व्यवसायबाट १६ करोड ४९ लाख खुद नाफा गरेको थियो। 

कम्पनीले चालु आवको पहिलो तीन महिनामा १ अर्ब ६९ करोड ४१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। यस्तो बीमा शुल्क आर्जन गत आर्थिक वर्षको समिक्षा अवधिमा  २ अर्ब ७१ करोड ६७ लाख रहेको थियो। 

त्यस्तै दाबी भुक्तानी रकममा वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ९६ करोड ६५ लाख दाबी भुक्तानी गरेकोमा यो वर्षको समिक्षा अवधिमा १ अर्ब ३ करोड ८० लाख दाबी भुक्तानी गरेको छ। 

दाबी भुक्तानी हुन बाँकी रकम १ अर्ब ७२ करोड १५ लाख रहेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा कम हो, गत वर्षको सोही अवधिमा दाबि भुक्तानी हुन बाँकी रकम २ अर्ब ४ करोड ३७ लाख रहेको थियो। 

कम्पनीले हुलदंगा तथा जोखिम समूहबापत्को बीमा र कृषि पुल मार्फत हुने बीमाको हिसावको विवरण नआएको कारण देखाउँदै आम्दानी तथा खर्चमा समावेश गरेको छैन। 

११ अर्ब ६५ करोड चुक्ता पुँजी रहेको कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैयाँ ४८ पैसा छ भने प्रति शेयर नेटवर्थ १७३ रुपैयाँ ३४ पैसा छ ।

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved