एनआईसी एशिया लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2023 | 07:07:55 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको आज फागुन २१ गते साँझ ५:३० बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले  हालको चुक्ता पूँजीको १४.७५ प्रतिशतले हुन् आउने २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले बोनस शेयर प्रस्ताव गरेको छैन ।  हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved