सिक्लेस हाइड्रोपावरद्वारा लाभांश घोषणा, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2023 | 08:24:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सिक्लेस हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशत  (कर सहित) लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ 

कम्पनीले चैत्र २० गते साधारणसभा आह्वान गरेको छ भने साधारणसभा प्रयोजनको लागि चैत्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव:

१. सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यु द्वारा प्रस्तुत आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु ( अनुसुचीहरु समेत) छलफल गरी पारित गर्ने ।

३. आ.व २०७९/०८० लेखापरीक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त एंव निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. सञ्चालक समितिबाट सिफारिस भए बमोजिम २०७९ अषाढ मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजिको १०.५२६% नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव स्वीकृत गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव :
१. सर्वसाधारण समुहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने सम्बन्धमा ।

२. प्रबन्ध पत्र तथा नियमावलीमा शंसोधन गर्ने बारे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved