
बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो ।
आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट न्रिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
कम्पनीले यस अघि नै नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले पुस ४ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । हाल कम्पनीको जारी पुँजी ३ करोड रहेकोले कम्पनीले आईपिओ निष्काशन गरेपछि कम्पनीको चुक्ता पुँजी ३ करोड पुग्ने छ ।
लघुवित्तले सामुदायिक लघुवित्तसँग मर्जरको लागि सम्झौता गरिसकेको छ । आईपिओ निष्काशन गरेर मर्जर प्रक्रियामा जाने कम्पनीले निर्णय गरेको थियो। कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।