स्थानीयले ईङवा हाइड्रोको आईपिओ भर्ने म्याद थपियो, श्रमिकहरुलाई आज अन्तिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2023 | 09:37:18 AM मा प्रकाशित

laxmi sunrise bank

ईङवा हाइड्रोपावर लिमिटेडले स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने म्याद थपिएको छ। म्याद थपसँगै स्थानीयले चैत्र २० गतेसम्म आवेदन दिन सक्ने छन्  श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको हकमा भने आज चैत्र ५ गतेसम्म मात्र आवेदन दिन सकिने छ। 

कम्पनीले फागुन २१ गतेदेखि पहिलो चरणको आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले ताप्लेजुङ र पाँचथर जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन २१ गतेदेखि आईपिओ बिक्री खुला गरेको थियो ।

कम्पनीले ताप्लेजुङ र पाँचथरका आयोजना प्रभावित स्थानीयको लागि ६ लाख कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा ताप्लेजुङ जिल्लाको सिदिङवा गाउँपालिका वडा नम्बर ३ का स्थानीय र पाँचथर जिल्लाको याङवरक गाउपालिका वडा नम्बर २ र ३ का स्थानीयले मात्र आवेदन दिन सक्ने छन् । 

 त्यस्तै १ लाख २० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको छ ।

 दुवै समुहले  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।कम्पनीलाई नेपाल धितोपत्र बोर्डले फागुन २ गते आईपिओ निष्काशनको अनुमति पाएको हो । कम्पनीले  आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १८ लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको हो । 

 ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved