
मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद साधारण शेयर निष्काशन गर्नका लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।
उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।
मल्टीपर्पस फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको २०७९ साल पौष मसान्त सम्मको अधिकृत पूँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार ९ सय ४ रुपैयाँ ११ पैसा, कुल निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार २९ रुपैयाँ ४४ पैसा तथा कर्जा लगानी ९८ करोड ८२ लाख १५ हजार ४ सय ३६ रुपैयाँ ८२ पैसा रहेको छ । वित्तीय संस्थाको हाल शाखा संख्या ६ पुगेको छ ।