नेप्सेमा २ वटा कम्पनीको आइपिओ सुचिकृत, कतिमा हुन्छ सुरुवाती कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2023 | 01:50:02 PM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार २ वटा कम्पनीको आईपिओ सुचिकृत भएको छ। आज सुपरमाई हाइड्रोपावर र मायाखोला हाइड्रोपावर लिमिटेडको शेयर सुचिकृत भएको हो ।

आज सुपरमाई हाइड्रोपावरको ५० लाख कित्ता शेयर र मायाखोला हाइड्रोको १ करोड कित्ता शेयर सुचिकृत भएको हो । आज शेयर सुचिकृत भएसँगै  मंगलबारबाट यी शेयर खरिद बिक्री गर्न सकिने छ ।

  नेप्सेले  सुपरमाई हाइड्रोको पहिलो कारोबारको लागि १३०.७६ रुपैयाँ देखि  ३९२.२८ रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । अब मंगलबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको SMH सिम्बलबाट कारोबार हुने छ  ।

त्यस्तै  नेप्सेले मायाखोला हाइड्रो पावरको पहिलो कारोबारको लागि ८८.५३ रुपैयाँ देखि  २६५.५९ रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । यस रेन्ज बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । अब मंगलबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको MKHC सिम्बलबाट कारोबार हुने छ  ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved