
युनाईटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज चैत्र ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ८ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :
साधारण प्रस्ताव
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७८ / ०७९ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।
३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम श्री विद्युत नियमन आयोगले मिति २०७९ / ११ /१७ को प. सं. ४२० को पत्रमार्फतको सहमति बमोजिम कम्पनीको आ. व. २०७८ / ७९ को अन्त्य सम्मको संचित मुनाफाबाट कम्पनीको हालको चुक्ता पूँजी रु. १,१५,००,००,०००/- को ७ प्रतिशत बोनश शेयर (कर बाहेक) तथा ०.३६८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश स्वीकृत गर्ने ।
५. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम श्री अमित पाण्डेज्यूलाई चार बर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने ।
६. अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने ।
विशेष प्रस्ताव
१.कम्पनीको जारी पूँजी बृद्धि गर्ने ।