यी ३ तरिकाबाट हेर्न सकिन्छ सानिमा मिडिल तमोर हाइड्रोको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2023 | 10:16:05 AM मा प्रकाशित

laxmi  sunrise bank

 सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बुधबार बिहान शेयर बाँडफाँड गरेको हो 

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। प्रकाशन भएपछि आईपिओको नतिजा विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ।  जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताको लागि परेको थियो । तर ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएकोले कुल योग्य आवेदकको संख्या १३ लाख ४८ हजार ३ सय ४२ जना मात्र रहेको क्यापिटलले जनाएको छ । 

आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ४८ हजार ३ सय ४२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ४ लाख २४ हजार ८ सय ९३ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कितात शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । 

कम्पनीले फागुन २६ गतेदेखि  फागुन ३० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले  सर्वसाधारणलाई ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय,, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ ।  

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved