
मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन २९ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।