राष्ट्र बैंकको निर्देशनपछि २ पटक घट्यो जीवन विकास लघुवित्तको लाभांश, अब कति बाड्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2023 | 06:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले दोस्रो पटक जीवन विकास लघुवित्तको लाभांश घटाईदिएको छ। यस सँगै अब कम्पनीले १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने भएको छ ।

कम्पनीले जारी गरेको साधारणसभाको सूचनामा आर्थिक बर्ष २०७८÷०७९ को मुनाफाबाट १४.२८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१४१ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले  सुरुमा २८ प्रतिशत बोनस शेयर र  ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । त्यसपछि राष्ट्र बैंकको निर्देशन अनुसार भन्दै कम्पनीले लाभांश संशोधन गरेर  २६ प्रतिशत बोनस शेयर र  ७.१५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो।  कम्पनीले फेरि राष्ट्र बैंकको निर्देशन अनुसार भन्दै अन्तिममा  १४.२८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७१४१ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो  ।

कम्पनीले चैत्र ३० गते मोरङको कटहरी स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १७ देखि चैत्र ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावहरु: 

छलफलका विषयहरुः

सामान्य प्रस्ताव

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नुहुने आर्थिक बर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।  

(२) लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८÷०७९ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

(३)  बंैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) सञ्चालक समितिले सिफारिश गरे बमोजिम आर्थिक वर्ष २०७८÷०७९ को वितरण योग्य मुनाफाबाट  २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. १,०३,४२,८०,०००÷– को ०.७१४२ प्रतिशतले हुन आउने रु. ७३,८७,७१० (अक्षरेपी त्रिहत्तर लाख सतासी हजार सात सय दश रुपैया मात्र) नगद लाभांश (बोनस शेयरको कर प्रयोजनकालागि) वितरण गर्ने सम्बन्धी प्रस्ताव स्विकृत गर्नेे ।

विशेष प्रस्ताव 

(१) सञ्चालक समितिले सिफारिश गरे बमोजिम आर्थिक वर्ष २०७८÷०७९ को वितरण योग्य मुनाफाबाट  २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी रु. १,०३,४२,८०,०००÷– को १४.२८५ प्रतिशतले हुन आउने रु. १४,७७,५४,२०० (अक्षरेपी चौध करोड सतहत्तर लाख चौवन्न हजार दुई सय रुपैया मात्र) बोनस शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव स्विकृत गर्नेे ।

(२)  बोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको वित्तीय संस्थाको चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम जारी तथा चुक्ता पूँजी गरी रु. १,१८,२०,३४,२००÷– (अक्षरेपी एक अर्ब अठारह करोड बीस लाख चौंतीस हजार दुई सय रुपैया मात्र) पु¥याउने सम्बन्धी प्रस्ताव स्विकृत गर्नेे । 

(३)  बोनस शेयर जारी गरे पश्चात वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम वित्तीय संस्थाको प्रवन्धपत्रको दफा ६(ख) र ६(ग) मा संशोधन गर्ने । 

(४) वित्तीय संस्थाको नियमावलीको नियम २९ (२) मा संशोधन गर्ने ।

(५) अध्यक्ष तथा सञ्चालकहरुको वैठक भत्ता तथा अन्य सुविधाहरु बृद्धि÷थप गर्ने र सोही बमोजिम वित्तीय संस्थाको नियमावलीको सम्बन्धित दफा संशोधन गर्ने ।

(६) यस वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त कुनै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन प्रतिवेदन तयार गर्न मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्ने÷गाभिने एवम् प्राप्तिसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved