इन्साइडर ट्रेडिङ प्रकरण: सरकारी वकिललाई बुझाईयो ज्ञानेन्द्रलालमाथिको अनुसन्धान प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2023 | 04:16:26 PM मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलपर्स कम्पनीका तत्कालिन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानमाथिको अनुसन्धान प्रतिवेदन  सरकारी वकिल कार्यालयमा बुझाएको छ । बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता मुक्तिनाथ श्रेष्ठले शेयरको इनसाइडर ट्रेडिङ अर्थात् भित्रि कारोबार गरेको बारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कर्यालयमा प्रस्तुत गरिसकिएको जानकरी दिए 

प्रवक्ता श्रेष्ठका अनुसार हाल सरकारी वकिल कार्यालयले राय सुझाव लिने, थप आवश्यक कागजात माग गर्ने र थप अध्ययनको काम गरिरहेको छ । अब सरकारी वकिल कार्यालयले उक्त अनुसन्धान प्रतिवेदन गरि अध्ययन गरी उनले भित्री कारोबार गरेको पुष्टि हुने देखिएमा अदालतमा मुद्दा दायर गर्नेछ। मुद्दा दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय सरकारी वकिल कार्यालयले गर्ने छ । मुद्दा दर्ता गर्नु पर्ने देखिए कार्यालयले काठमाडौँ जिल्ला अदालतमा उनी विरुद्द मुद्दा दर्ता गर्ने छ। 

धितोपत्र सम्बन्धी ऐन २०६३ मा भएको व्यवस्था बमोजिम बोर्डले तहकिकात गर्ने अधिकारी तोकेर प्रधानमाथि अनुसन्धान गरेको हो। ऐनको दफा १०३ मा हकिकात गर्ने अधिकारी तोक्ने, तथा जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने व्यवस्था छ 

ऐनको दफा १०३ मा भनिएको छ ' दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ र १०० मा उल्लिखित कसूर कसैले गरेको छ भनी कसैको उजुरी परेमा वा कुनै व्यहोराले त्यस्तो कसूर सम्बन्धी जानकारी बोर्डले प्राप्त गरेमा वा कसैले त्यस्तो कसूर गरेको कुरामा बोर्ड विश्वस्त भएमा त्यस्तो कसूर सम्बन्धी मुद्दाको तहकिकात गर्न बोर्डले कुनै अधिकृतलाई तहकिकात गर्ने अधिकारी तोक्नेछ ।  तोकिएको तहकिकात गर्ने अधिकारीले त्यस्ता कसूरका सम्बन्धमा तोकिए बमोजिम तहकिकात गरी तहकिकातको काम पूरा भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । '

ऐनको दफा ९१ मा  भित्री कारोबार गर्न नहुने, दफा ९४ मा  झुट्टो कारोबार गर्न नहुने, दफा ९५ मा मूल्यमा उतार चढाव पार्न नहुने, दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित पार्न नहुने, दफा ९७ मा झुक्याउने विवरणहरु दिन नहुने, दफा ९८ मा जालसाजीयुक्त कारोबार गर्न नहुने, दफा ९९ मा जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने तथा दफा १०० मा लिखत, विवरण वा अभिलेख नष्ट गर्न वा लुकाउनु नहुने व्यवस्था उल्लेख छ ।

यी दफामा उल्लेख मध्ये कसैले कुनै पनि काम गरेको छ भन्ने विषयमा बोर्ड विश्वस्त भएमा थप अनुसन्धान गर्न  तहकिकात गर्ने अधिकारी तोक्ने व्यवस्था अनुसार बोर्डले  तहकिकात गर्ने अधिकारी तोकेर प्रधानमाथि अनुसन्धान गरेको हो ।

धितोपत्र दर्ता निष्काशन नियमावली ३८ (१क) अनुसार कुनै पनि सुचिकृत कम्पनीको संचालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदवाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने व्यवस्था गरेको छ । तर बोर्डले नै गरेको अध्ययनले नेपाल हाइड्रोको अध्यक्ष रहंदा प्रधानले  श्रीमती, छोरा र छोरीको नाममा रहेको ९५ हजारभन्दा बढी कित्ता सेयर बेचेको देखिएको थियो । 

इन्साइडर ट्रेडिङ प्रकरणमा रिडी पावर कम्पनीका तत्कालिन अध्यक्ष गुरुप्रसाद न्यौपाने विरुद्द जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भईसकेको छ। 

यो पनि : आरोप प्रमाणित भए गुरु न्यौपानेलाई के हुन्छ कारवाही ?

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved