नेष्डो समृद्ध लघुवित्तद्वारा ७३.६८ प्रतिशत लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 10:04:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेष्डो समृद्ध लघुवित्तले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र ९ गते साँझ  बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले  हालको चुक्ता पूँजीको ५० प्रतिशत बोनस शेयर , २० प्रतिशत नगद लाभांश, र कर प्रयोजनको लागि छुट्टै ३.६८४२ गरि कुल ७३.६८४२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।  हाल कम्पनीको चुक्ता पुँजी २५ करोड ५० लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved