
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले आज प्रतिनिधिसभाको बैठकमा शेयरबजारको विषय उठान गरेका छन् । प्रतिनिधिसभाको शुन्य समयमा सांसद ढकालले शेयरबजारबारे सरकारको ध्यान कहिले जान्छ भन्दै प्रश्न गरेका हुन् ।
१९ महिनाको अवधिमा शेयर लगानीकर्ताले १४ खर्ब गुमाईसकेकोले अब लगानीकर्ताले कति खर्ब गुमाएपछि सरकारले शेयरबजारबारे ध्यान पुर्याउछ भन्दै सांसद ढकालले प्रश्न गरेका हुन् ।
उनले भने '१९ महिनादेखि निरन्तर ओरालो लागेको शेयरबजारबाट लगानीकर्ताले १४ खर्ब लगानी गुमाईसकेका छन्, अब कति खर्ब गुमाएपछाडी सरकार ध्यान पुर्याउने हो , ध्यान दिने हो . लगानीकर्ताले अब कति रकम , कति लगानी गुमाउने पर्ने हो ?'
त्यस्तै उनले शुन्य समयमा उठाएको विषयहरु शुन्य सरह शुन्यतामा नै बिलिन नहोस् भनें कामना गरेका छन् ।