राष्ट्र बैंकले लघुवित्तको लाभांशमा कैंची चलाउन थालेपछि झस्किए लगानीकर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 03:26:27 PM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक२६.८७ अंकले घटेर १८८८.२७ को बिन्दुमा पुगेर रोकिएको छ

आज कारोबारमा आएका २५९ कम्पनीका ३७ लाख ५४ हजार ३ सय ३४ कित्ता शेयर खरिद बिक्रीबाट १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५ सय ३१ रुपैयाँ ०३ पैसाको कारोबार भएको छ । आज हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड ६२ लाख, एनआईसी एसिया बैंकको ७ करोड ९५ लाख तथा नेष्डो समृद्ध लघुवित्तको ७ करोडको कारोबार भएको छ। 

आज मायाखोला हाइड्रोको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत घटेको छ भने एशियन हाइड्रोको शेयर मूल्य ९.९८ प्रतिशत बढेको छ । त्यस्तै कलिन्चोक दर्शन लिमिटेडको शेयर मूल्य ६.०१ प्रतिशत बढेको छ भने गुराँस लाइफ इन्स्योरेन्सको शेयर मूल्य ४.२६ प्रतिशत बढेको छ 

लघुवित्त समुहमा उच्च गिरावट 

आज लघुवित्त समुहको उपसूचक ३.८४ प्रतिशत घटेको छ । यस उपसमुह अन्तर्गत आज कारोबारमा आएका ५६ कम्पनी मध्ये ५२ कम्पनीको मूल्य घटेको छ भने २ वटाको मात्र मूल्य बढेको छ। मूल्य बढेका कम्पनीको मूल्य पनि ०.१८ प्रतिशत र ०.८९ प्रतिशत मात्रै बढेको छ । २ कम्पनीको मूल्य भने स्थिर छ । आज जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, र युनिक नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै महिला लघुवित्त ९.९५ प्रतिशत तथा किसान लघुवित्तको शेयर मूल्य ८.५१ प्रतिशत घटेको छ । आज सबैभन्दा धेरै शेयर मूल्य घट्ने ११ कम्पनी मध्ये १० वटा लघुवित्त कम्पनी रहेका छन् 

नेपाल राष्ट्र बैंकले जीवन विकास लघुवित्तको लाभांशमा २ पटक कैंची चलाएपछि अन्य लघुवित्तको हकमा त्यस्तै हुन सक्ने सम्भावना देखिंदा लगानीकर्ता झस्किएका छन् । जीवन विकास लघुवित्तले सुरुमा  ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले २ पटक संशोधन गर्न लगाएर १५ प्रतिशत मात्र वितरण गर्न स्वीकृति दिएको छ कुल । आज मात्र नेष्डो समृद्ध लघुवित्तले ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । तर राष्ट्र बैंकले लाभांश संशोधन गर्न स्वीकृति दिइ लाभांश घट्न सक्ने भयमा कम्पनीको शेयर मूल्य ८.४४ प्रतिशत घटेको छ। ७६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको जाल्पा सामुदायिक लघुवित्तको लाभांश पनि राष्ट्र बैंकले हालसम्म स्वुकृत गरेको छ । राष्ट्र बैंक  कै निर्देशनको कारण महुली लघुवित्त, तथा नेशनल लघुवित्तको लाभांश घटेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved