
भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) को व्यवस्थापन तथा नेपाल धितोपत्र वोर्ड र स्टक व्रोकर एशोसिएसन अफ नेपालको आयोजनामा लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । चैत्र ११ गते शनिवारका दिन सिद्धार्थ लुम्वीनी ग्रिन रिसोर्ट, शिवराज–२, वालपुरमा लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो।
ग्लोबल मनि विकको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको हो। धितोपत्र वजार सम्वन्धी हाल सम्म कार्यक्रम नभएका÷कम भएका जिल्ला÷प्रदेश जस्ता स्थानहरुमा कम्तिमा एक स्थानमा स्टक व्रोकर एशोसिएसन अफ नेपाल संग समन्वय गरि कार्यक्रमको आयोजना गर्ने नेपाल धितोपत्र बोर्डको निर्णयानुसार भिजन सेक्युरिटिजले लुम्वीनी प्रदेश, कपिलवस्तु जिल्लाको चन्द्रौटामा सचेतना कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
नेपाल धितोपत्र वोर्ड (सेवोन) का प्रतिनिधि, स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधि तथा अन्य स्थानीय संघ÷संस्थाका, सामाजिक संस्थाहरुका प्रतिनिधिहरु, स्थानिय जन प्रतिनिधिहरु समेतको उपस्थितिमा प्रदेश सभा सांसद (कपिलवस्तु प्रदेश ३ क) अर्जुन कुमार के.सीको प्रमुख आतिथ्यता उक्त कार्यक्रम गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार धितोपत्र बजार तथा सो को कारोवार सम्वन्धमा लगानिकर्ताहरुलाई थप जानकारी तथा सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा धितोपत्र वजार सम्वन्धी नीति, नियम तथा प्रावधानहरुको विषयमा सेवोनका प्रतिनिधि सहायक निर्देशक भुवन देसारले कार्यपत्र प्रस्तुत सहित प्रशिक्षण दिएका थिए भने दोश्रो वजारमा कारोवार गर्न लगानिकर्ताले ध्यान दिनु पर्ने विषयमा भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा विभिन्न संघ÷संस्था, सामाजिक संस्था, वित्तिय तथा विमा कम्पनीवाट भएका अतिथि सहभागीहरु सहित २५० जना लगानिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ।
भिजन सेक्यूरिटिज् प्रा.लि. (ब्रोकर नं. ३४) ले हाल उपत्यका वाहिर चारदोवाटो–वनेपा, नारायणपथ–भैरहवा, सभापतीचोक–कावासोती, सफासडक–दमौली, गणेशटोल–वेनी कास्की– विरौटा, ईलाम–ईलाम वजार, कैलाली–टिकापुर र कपिलवस्तुको चन्द्रौटामा गरि उपत्यका वाहिर ९ वटा शाखा वाट शेयर कारोवार सम्वन्धी सेवा प्रवाह गरिरहेको छ। संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत आगामी दिनहरुमा ईलामको ईलाम वजार, तनहँुको दमौली तथा कैलालीको टिकापुरमा यस प्रकारका लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ ।