सनी सेक्यूरिटिजद्वारा मार्जिन ट्रेडिङ सम्बन्धी तालिम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 10:36:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सनी सेक्यूरिटिजले चितवन स्थित बालकुमारी कलेज र प्रेसिडेन्सी कलेजमा मार्जिन ट्रेडिङ सम्बन्धी तालिम सञ्चालन गरेको छ । ग्लोबल मनि विकको अवसरमा कम्पनीले तालिम प्रदान गरेको हो ।

कुल एक सय ६ जनाको सहभागिता रहेको उक्त तालिम कार्यक्रमहरूमा आधारभूत विश्लेषणका अनुपातहरू, मार्जिन ट्रेडिङ, म्युचुअल फण्ड तथा ऋणपत्र, शेयर बजारका जोखिम तथा जोखिम न्यूनीकरण लगायतका विषयहरूको चर्चा गरिएको कम्पनीले जनाएको छ । कार्यक्रम विशेष गरी दोस्रो बजारमा लागिसकेका तथा शेयर बजारमा भविष्य खोज्ने युवाहरूका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थाप्रति आभार व्यक्त गरे ।

साथै साइन्टिफिक विजनेश हव प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, युवाहरूमा आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई सानै देखि आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले यस्ता तालिम कार्यक्रमहरू आयोजना गर्दै आएकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved