कुमारी क्यापिटलको खुलामुखी म्युचुअल फण्डको इकाईमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 08:18:28 AM मा प्रकाशित

laxmi sunrise bank

कुमारी क्यापिटलले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने म्याद थप भएको छ  । म्याद थप सँगै यस निष्काशनमा चैत्र २३ गतेसम्म आवेदन दिन सकिने छ । यद्यपि सो मिति अगावै पर्याप्त आवेदन परेमा सो गावी नै सूचना जारी गरेर बिक्रि बन्द गरिने क्यापिटलले जनाएको छ  । 

क्यापिटलले चैत्र ९ गतेदेखि आफ्नो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको हो । क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने  'कुमारी सुनौलो योजना' नामक खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो 

यस योजनाको आकार १ अर्ब रहेको छ । यस योजना अन्तर्गत १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन हुने छ । जस मध्ये १ करोड ५० लाख  इकाई कोष प्रवर्द्धक संस्था कुमारी बैंक लिमिटेड लाई सुरक्षित गरिएको छ । क्यापिटलका अनुसार प्रथम पटक सार्वजनिक निष्काशन मार्फत ३५ करोड रकम बराबरको ३ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन गरिने छ । यस पश्चात् सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिने र विवरण पुस्तिकामा स्वीकृत भएभन्दा थप इकाई बिक्री गर्नु परेमा बोर्डको पुर्व स्वीकृति लिएर बिक्री गरिने क्यापिटलले उल्लेख गरेको छ ।

 आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईको लागि आवेदन दिने सकिने छ । यो खुलामुखी योजना भएकोले यो नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत हुने छैन र यसको निश्चित अवधि पनि हुँदैन । 

हाल क्यापिटलले कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना संचालन गरिरहेको छ । त्यस्तै कुमारी सबल योजना नामक बन्दमुखी सामुहिक लगानी कोष योजना संचालनको लागि गत भदौमा नै बोर्डमा आवेदन दिएको छ। 

 सातौ खुलामुखी योजना 

कुमारीले संचालन गर्ने कुमारी सुनौलो योजना बजारमा आउने सातौ खुलामुखी योजना हुने छ । हाल एनआईबिएल एस क्यापिटल, सिद्धार्थ क्यापिटल, एनआईसी एसिया क्यापिटल , एनएमबि क्यापिटल , लक्ष्मी क्यापिटल र  नबिल इन्भेष्टमेन्ट बैंकिङले खुलामुखी योजना संचालन गरिरहेका छन् ।  ६ वटा खुलामुखी योजना आईसकेकोले कुमारीको खुलामुखी योजना नेपालबजारमा आउने सातौ खुलामुखी योजना हुने छ ।  

प्रभु क्यापिटलले पनि धितोपत्र बोर्डमा खुलामुखी योजना निष्काशनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । अनुमति पाएपछि प्रभुको खुलामुखी फण्ड आठौ हुने छ 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved