सिटी होटेल लिमिटेडको आईपिओ निष्काशन मिति तय, कसलाई कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 08:26:57 AM मा प्रकाशित

laxmi sunrise bank

सिटी होटेल लिमिटेडले आईपिओ निष्काशन गर्ने मिति तय गरेको छ । कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई चैत्र २१ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । यस निष्काशनमा बैशाख ५ गतेसम्म आवेदन दिन सकिने छ । 

त्यस्तै आम सर्बसाधारणलाई कम्पनीले बैशाख २५ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । यस निष्काशनमा बैशाख २८ गतेसम्म आवेदन दिन सकिने छ ।  दुवै निष्काशनमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २००० कित्ताको लागि आवेदन दिन सकिने छ।  

कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई १ लाख ६७ हजार ४ सय कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यस्तै ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ भने कम्पनीका कर्माचारीलाई ६६ हजार ९ सय ६० कित्ता शेयर छुट्याईएको छ । बाँकि रहेको १३ लाख ५५ हजार  ९ सय ४० कित्ता शेयरको लागि आम सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।  यसरी कम्पनीले कुल १६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।.हाल कम्पनीको जारी पुँजी १ अर्ब ६७ करोड रहेको छ।  शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले गतवर्षको कार्तिक १५ बाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

अमेरिकामा रहेको ह्यात होटेल कर्पोरेशनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १,००० ओटा भन्दा बढि अन्तराष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा  सञ्चालनमा आएको हो । 

Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved