
नेपाल राष्ट्र बैंकको निर्देशनपछि नेशनल माइक्रोफाइनान्सको लाभांश पनि २ पटक घटेको छ । यस सँगै अब कम्पनीले १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने भएको छ ।
कम्पनीले सुरुमा आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८.५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले ३४.४५ प्रतिशत बोनस शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको थियो । तर कम्पनीले नेपाल राष्ट्र बैंकबाट १५ प्रतिशत बोनस शेयर बितरण गर्नको लागि मात्र स्वीकृति प्राप्त भएकोले अब १५ प्रतिशत मात्र बोनस शेयर बितरण गर्ने जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख रहेको छ ।
कम्पनीले २०७८ / ०३ / ३० गते साविकको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लि. लाई प्राप्ति गरेको कारण सो मिति भन्दा अगाडि कायम शेयरधनीलाई प्राप्ति मिति देखि दुई आ.व. सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण हाल लाभांशकर प्रयोजनार्थ छुट्टै रकम नछुट्याईएको जनाएको छ । उक्त मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांशकर आफै भुक्तानी गर्नुपर्ने कम्पनीले प्रष्ट पारेको छ ।
राष्ट्र बैंकको निर्देशनपछि जीवन विकास लघुवित्तले पनि अन्तिममा १५ प्रतिशत मात्र लाभांश मात्र वितरण गर्ने भएको छ । जीवन विकासले सुरुमा ३७.३६८४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले २ पटक लाभांश संशोधन गर्न निर्देशन दिएर अन्तिममा १५ प्रतिशतको लागि मात्र स्वीकृति प्रदान गरेको हो।